आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

admin

काठमाडौं, २४ असार : सत्तारुढ नेकपाको बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।

प्रतिक्रिया