आज बाह्र सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ४ असार : सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ । सुनको मूल्य शुक्रबार तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको मूल्य शुक्रबार तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

(हिजो) बिहीबार सुन तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले घटेको छ । बिहीबार तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार मूल्य घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया