आज भारतीय क्रिकेटका कप्तान विराट कोहलीको जन्म दिन, अनुष्काले विराटकालागि लेखिन यो खास कुरा

रिता घिसिंग

एजेन्सी : आज भारतीय क्रिकेटका कप्तान विराट कोहलीको जन्म दिन हो। पाँच नोभेम्बर १९८८ मा दिल्लीमा जन्मिएका विराट ३० वर्षका भएका छन्। अनुष्का शर्मासँग विवाहपछि यो उनको पहिलो जन्म दिन हो।

गत ११ डिसेम्बरमा इटलीमा विराट र अनुष्काको विवाह भएको थियो। भारतीय संचारमाध्यमका अनुसार विराट श्रीमती अनुष्कासँग आफ्नो जन्म दिन उत्तरखण्डको हरिद्वारमा मनाइरहेकी छन्। जन्म दिन मनाएपछि दिपावलीमा दिन मुम्बई फर्किने भएका छन्।

विराट र अनुष्का दुवै शनिबार हरिद्वार पुगेका थिए। हरिद्वारमा अनुष्काको गुरुको आश्रम छ। उनीहरु दुवै बेला बेलामा आश्रममा जान्छन्। र यो जन्म दिन विराटले त्यही आश्रममा बनाए। अनुष्काले आफ्नो इन्स्टाग्राम र ट्विटर अकान्उटमा विराटसँग खिचेका तस्वीर शेयर गरेकी छन्। उनले लेखेकी छन्–शुक्रिया भगवान।’

विराट प्राकृतिक दृष्यले निकै प्रभावित हुने गर्छन्। केरलका तिरुवनंतपुरममा भएको अन्तिम वनडेका क्रममा यो कुराको पुष्टि भएको थियो। त्यतिबेला उनले केरलको निकै तारिफ गरेका थिए। उनले त्यहाँ एक पटक घुम्न आउन सबैलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू