आज मौसम : केही स्थानमा वर्षाको सम्भावना

admin

काठमाडौ, असोज ३० :मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षाको सम्भावना भएको हो।

महाशाखाका अनुसार शनिबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश सामान्य बदली रही अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया