आज यी पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने

admin

काठमाडौं, २१ साउन : बिहीबार प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार यी प्रदेशका केही ठाउँमा दिउँसो पछि ठूलो वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

मनसुन थप सक्रिय नभएकाले धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । काठमाडौं उपत्यकाका दिउँसो पछि हल्कादेखि सामान्य खालको वर्षा हुने अनुमान छ । मौसमविद्ले बाढी पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया