आज यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

admin

काठमाडौं, १८ साउन : सोमबार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश-१ र वाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहीबेर पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

वाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्नेछ । काठमाडौंको मौसम भने यतिबेला सफा छ । तर, बेलुका र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, सोमबार बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया