आज यी ६ प्रदेशमा भीषण वर्षाको सम्भावना

admin

काठमाडौं, १६ साउन: मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया