आज राति नेपाली आकाशमा मृघशिरा उल्कावर्षा देख्न सकिने, ७५ वर्षपछि देखिदै पुच्छ्रे तारा

मनिषा थापा

हेलीको  पुच्छ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा आज राति देखिनेभएको छ । आज राति पौने ११ देखि भोलि बिहान पौने ६ बजेसम्म उल्कावर्षा देखिने छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धी साध्यको माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीेको पुछ्रेतारा’ भनिन्छ ।

हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने पुछ्रेतारा १९८६ मा देखिएको थियो । आज रातिपछि पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ । आज राति देखिने उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ ।

के हो उल्का वर्षा ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्कावर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिने गरेको पाइन्छ ।

प्रतिक्रिया