आज वरिष्ठ कलाकार हरिवंश आचार्यको जन्म दिन

मनिषा थापा

भक्तपुर : नेपाली हाँस्यव्यङ्ग क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यको आज जन्म दिन परेकाे छ । वि.सं. २०१४ कात्तिक २७ गते काठमाडौंमा जन्मिएका आचार्यकाे आज ६२ औ जन्मदिन मनाई रहेका छन्।

पिता होमञ्जय आचार्य र माता गणेशकुमारीकाे काेखबाट जन्मिएका आचार्य अहिलेका सबैभन्दा सफल हाँस्य कलाकारहरू मध्यमा पर्छन्। अभिनय तथा गायनमा समेत कुशल रहेका उनी सबैको मनमा बस्न सफल छन्।

लोभिपापी’, ‘फिलिम’, ‘राजामति’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नी बद्री’ उनका लोकप्रिय चलचित्र हुन् । उनका ‘लाल पुर्जा’, ‘पन्ध्र गते’, ‘भकुण्डे भूत’, ‘हरि बहादुर र मदन बहादुर’, ‘५०र५०’, ‘दशैंको च्याङ्ग्रा’ लगायतका हाँस्य सिरिज निकै चर्चित भए । उनले ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ नामका उपन्यास समेत लेखेका छन् ।

प्रतिक्रिया