आज वि.सं. २०७५ पौष २६ गते बिहीबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ पौष २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी १० तारिख, पौष शुक्लपक्षको चतुर्थी तिथि, दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०३:२३ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, मध्यरात्रीपछि ०४:३५ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०३:२४ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:३० देखि ०२:४८ सम्म , यमघण्ट : बिहान ०६:५८ देखि ०८:१६ सम्म, गुलिक काल : बिहान ०९:३५ देखि १०:५३ सम्म, आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:५८ देखि ०८:१६ सम्म, साँझ ०४:०६ देखि ०७:०६ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५८ सम्म, अमृत वारवेला : दिउँसो ०१:३० देखि ०२:४८ सम्म र बेलुका ०७:०६ देखि ०८:४८ सम्म, चर वारवेला : दिउँसो १०:५३ देखि १२:११ सम्म र बेलुका ०८:४८ देखि १०:३० सम्म, रोग वारवेला : बिहान ०८:१६ देखि ०९:३५ सम्म र बेलुका १०:३० देखि १२:११ सम्म, काल वारवेला : दिउँसो ०२:४८ देखि ०४:०६ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:५३ सम्म, लाभ वारवेला : दिउँसो १२:११ देखि ०१:३० सम्म र मध्यरात्रीपछि ०१:५३ देखि ०३:३५ सम्म, उद्वेग वारवेला : बिहान ०९:३५ देखि १०:५३ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१६ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ऋणभार भने बढ्ने सम्भावना छ । मध्याह्नदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च बढाउन सक्छ । लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । रोकिएका काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा सामान्य लाभ लिन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ ।

प्रतिक्रिया