आज वि.सं. २०७५ माघ २० गते आइतबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ माघ २० गते आइतबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०३ तारिख, आजको चाडपर्व र उत्सव : लैचह्रे पूजा, आजको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, माघ कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपूर्व ११:४४ बजेसम्म, त्यसपछि अमावस्या तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०३:०० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, आजको चन्द्रमा धनु राशिमा, बिहान ०७:११ बजेसम्म, त्यसपछि मकर राशिमा, वज्र योग, बिहान ०७:४९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो १०:४६ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपूर्व ११:४५ बजेसम्म, अन्तिममा चतुष्पाद करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे


आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:२२ देखि ०५:४३ सम्म, यमघण्ट : दिउँसो १२:१८ देखि ०१:४० सम्म, गुलिक काल : दिउँसो ०३:०१ देखि ०४:२२ सम्म, आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५३ देखि ०८:१४ सम्म, साँझ ०४:२२ देखि ०७:२२ सम्म र मध्यरात्रीपछि ०५:१४ देखि ०६:५३ सम्म, शुभ वारवेला : दिउँसो ०१:४० देखि ०३:०१ सम्म र बेलुका ०७:२२ देखि ०९:०१ सम्म, अमृत वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०९:०१ देखि १०:४० सम्म, चर वारवेला : बिहान ०८:१४ देखि ०९:३५ सम्म र बेलुका १०:४० देखि १२:१८ सम्म, रोग वारवेला : दिउँसो ०३:०१ देखि ०४:२२ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म, काल वारवेला : दिउँसो १२:१८ देखि ०१:४० सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म, लाभ वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१४ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिश्रम गरेमा भाग्यले साथ दिने समय छ । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिनभरि सामाजिक क्षेत्रमा सक्रियता बढ्ने समय छ । मनमा उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी र पारिवारिक झैझमेलामा पनि केही समय प्रदान गर्नु पर्नेछ । मातापिता वा अभिभावकवर्गका चाहनालाई बेवास्ता गर्नु हुँदैन । तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोताभित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग गर्न सक्दैनन् । मातापिताको आशीर्वाद प्राप्त गरेमा हाँके/ताकेका जुनसुकै काममा सफलता पाउन सकिन्छ ।कै काममा सफलता पाउन सकिन्छ ।

प्रतिक्रिया