आज वि.सं. २०७५ साल चैत १४ गते बिहीबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ साल चैत १४ गते। बिहीबार। इश्वी सन् २०१९ मार्च २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, २५:४१ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, १३:३४ बजेउप्रान्त पूर्वाषाढा। योग– वरियान्, १९:४९ बजेउप्रान्त परिघ। करण– वालव, १३:१० बजेदेखि कौलव, २५:४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३० घडी ४२ पला। अष्टमी व्रत। गोरखकाली पूजा। शीतलाष्टमी। बासेरा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर रहनाले काममा पनि बाधा हुन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। साथीभाइको सहयोगले हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हिम्मत गर्दा अप्ठ्यारो स्थितिमा पनि काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। चुनौती देखिए पनि मेहनेत गर्दा फाइदा उठाउन सकिनेछ। तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले पछि लाभ हुने काम सम्पादन हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

प्रतिक्रिया