आज वि.सं. २०७७ असोज १० गते शनिवारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७७ असोज १०। शनिवार। इ.स. २०२० सेप्टेम्बर २६। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। दशमी, २१:४४ उप्रान्त एकादशी।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही आलोचना भए पनि विशेष जिम्मेवारी प्राप्त हुने सम्भावना छ। प्रयत्न गर्दा समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा काम सम्पादन हुनेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। विवादास्पद कामलाई टुंगो लगाउन जुट्नुपर्ने हुन सक्छ। केही अवरोध पनि सामना गर्नुपर्ला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। समस्या दोहोरिनाले अलमलमा परिएला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्। धेरै आम्दानी नभए पनि व्यवसायले गति लिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विशेष अवसरले आत्मबल बढ्नेछ र चिताएका काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। केही विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। नियमित काम र व्यवसायमा लाभ हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा पनि सुधार आउनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। महत्त्वाकांक्षी काममा भने आफ्नैले बाधा पुर्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। तर, समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। तापनि मिहिनेतले गुमेको स्थान दिलाउन सक्छ। आफ्नो वर्चस्व पनि बढ्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।अवसर प्राप्त भए पनि सानो भूलले काममा बाधा हुन सक्छ। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। समस्या पर्दा शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अधिक समय खर्च हुनेछ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइ नाजिकिनाले यात्राको साइत जुर्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।

प्रतिक्रिया