आज वि.सं. २०७७ जेठ ११ गते आइतवारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७७ जेठ ११। आइतवार। इ.स. २०२० मे २४। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। द्वितीया, २४:१९ उप्रान्त तृतीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चिलो काम गर्नुपर्ने समय छ। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवसायमा थोरै फाइदा उठे पनि अर्थअभावले सताउनेछ। टाढाका साथीभाइसँग सम्पर्क स्थापित हुनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। साँझदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। काममा समय लागे पनि दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। साँझदेखि स्थिति अनुकूल रहनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्ला। साँझदेखि स्थिति केही अनुकूल बन्नेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। तर साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश सानोतिनो कमजोरीले अल्झाउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीतर्फ पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। पहिलेको नतिजाले काममा उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्। श्रमबाट मनग्गे धनलाभ हुनेछ। साँझतिर आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ।

प्रतिक्रिया