आज वि.सं. २०७७ वैशाख १७ गते बुधवारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७७ वैशाख १७। बुधवार। इ.स. २०२० अप्रिल २९।ने.सं. ११४० बछलाथ्व। वैशाख शुक्लपक्ष। षष्ठी, ११:२१ उप्रान्त सप्तमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रनाले आफन्त टाढिन सक्छन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। साँझतिर भने केही विवादास्पद काममा जुट्नुपर्ला। आफ्नै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। दाम कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा सतर्कता अपनाउनुहोला। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आफ्नो श्रमको लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ। तर वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। साँझतिर व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर केही फजुल खर्च बढ्न सक्छ। विवाद तथा मुद्दाहरूमा अलि होसियार रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट विशेष सजग रहनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएकाे वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ।

प्रतिक्रिया