आज वि.सं. २०७७ वैशाख २८ गते आइतवारको राशिफल हेर्नुहोस्

admin

वि.सं. २०७७ वैशाख २८। आइतवार। इ.स. २०२० मे १०। ने.सं. ११४० बछलागा। ज्येष्ठ कृष्णपक्ष। तृतीया, ११:३९ उप्रान्त चतुर्थी।

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपान तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको सम्पर्कले दिन रमाइलो रहनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार सामान्य भए पनि आम्दानी बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। केही फजुल खर्च बढ्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ। अध्ययनतर्फ समयकाे सदुपयोग गर्न नसकिएला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ। कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर, केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ र पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि परिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको मिहिनेतले पछिलाई फाइदा हुनेछ। श्रम परे पनि कामको जग बसाउने मौका छ।

प्रतिक्रिया