आज शेयर बजार घटेर राताम्मे, साढे ६ अर्ब रुपैयाँको कारोबार

admin

काठमाडौं, १० असोज : आइतबार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से ६१ दशमलव २७ अङ्कले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ । आइतबार सबै समूहको शेयर ओरालो लागेको छ ।

बीमा, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै दुई सय ३३ वटा कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । आईसीएफसी फाइनान्सको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आइतबार एक करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया