आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

admin

काठमाडौं, २० फागुन : नेप्से परिसूचक सूचकाङ्क बिहीबार ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९० दशमलव २७ अङ्कले बढेर दुई हजार पाँच सय ६ दशमलव २८ अङ्कमा पुगेको छ ।

बिहीबार जीवन बीमा समूहको शेयर पाँच सय ७१ दशमलव ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६ दशमलव ७१ अङ्कले बढेको छ ।

बिहीबार दुई सय ६ कम्पनीका एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता शेयर ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो ।

बिहीबार सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया