आज सात सय ४२ जना डिस्चार्ज, थप १ हजार ३५१ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १२ असोज : सोमबार नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७४ हजार सात सय ४५ पुगेको छ । सोमबार एक हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५१ जनामा संक्रमण देखिएको हो । बितेको २४ घण्टामा सात सय ४२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ८१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया