आज सामान्य बढ्यो, सुनचाँदीको मूल्य

admin

काठमाडौं, ६ माघ : सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया