आज सामान्य बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २९ पुस : बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँ बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया