आज सुनको भाउ प्रतितोला कति ? जान्नुहोस

मनिषा थापा

आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै कायम रहेकाे छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया