आज सुनको मूल्यमा सामान्य गिरावट, कारोबार कतिमा ?

admin

काठमाडौं, ११ माघ : आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन साताको कारोबारको पहिलो दिन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया