आज सुनको मूल्य घट्यो, चाँदी बढ्यो कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २५ साउन : लगातार बढेको सुनको मूल्य आइतबार भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य आइतबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आइतबार १८ डलरले मूल्य घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।

गएको शुक्रबार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो  यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आइतबार सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया