आज सुनको मूल्य : तोलाको ९१ हजार ७ सय रुपैयाँ

admin

काठमाडौं, १७ असार : सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको भनाइ छ ।

यसअघि आइतबार र सोमबार सुनको मूल्य तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा मंगलबार एक सय रुपैयाँ घटेको थियो ।

यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया