आज सुनको मूल्य बढेसँगै चाँदी घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १३ माघ : मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन मंगलबार भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया