आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १५ माघ : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य बिहीबार ५ रुपैयाँले घटेको छ । बुधबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने एक हजार २४५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया