आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ फागुन : लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । बिहीबार सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोबार भएको चाँदी शुक्रबार भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया