आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २५ फागुन : सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेको छ । मंगलबार सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको पनि मूल्य घटेको छ ।

चाँदी मंगलबार तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाब आइरहेको छ ।

प्रतिक्रिया