आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १४ साउन : बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । बुधबार पनि सुनको मूल्य तोला तीन सय रुपैयाँ नै बढेको थियो ।

महासंघका अनुसार बिहीबार यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा बिक्री भएकोमा बिहीबार१२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया