आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १९ फागुन : सुनचाँदीको मूल्य बुधबार बढेको छ । सुन बुधबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । मंगलबार सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया