आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ फागुन : सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार एक सय रुपैयाँले मंगलबार उकालो लागेको सुन बुधबार भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सुन मंगलबार तोलामा रु ९० हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मंगलबार तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी बुधबार तोलामा १५ रुपैयाँले घटेको छ । एक हजार ३६० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार भने एक हजार ३४५ रुपैयाँ मूल्य निर्धारण भएको हो ।

प्रतिक्रिया