आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १४ फागुन : शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । सुन शुक्रबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोबार भएको चाँदी शुक्रबार भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया