आज सुनचाँदीको मूल्य घट्यो

admin

काठमाडौं, १६ फागुन : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज पुनः बढ्यो

 

प्रतिक्रिया