आज सुनचाँदी कै मूल्य घट्यो

admin

काठमाडौं, ६ चैत : बिहीबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य १५ सय रुपैयाँले घटेर तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन तोलामा १ हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी बिहीबार तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया