आज १५ सयभन्दा धेरै डिस्चार्ज, सक्रिय संक्रमितको संख्या १६ हजार ५४७

admin

काठमाडौं, १७ मंसिर : बुधबार थप एक हजार चार सय ९० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार पाँच सय ६७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ ।

अब नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ९ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ३८ पुगेको छ ।

प्रतिक्रिया