आज १६६ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

admin

काठमाडौं, १८ जेठ : आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।

संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यसैगरी नेपालमा कोरोनामुक्त हुनेको कूल संख्या २२० पुगेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया