आज २०७६ साल वैशाख २२ गते आईतबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख २२ गते रविबार नेपाल सम्बत ११३९ वछलाथ्व,सन् २०१९ मे ५ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ४ वजेर २४ मिनेटसम्म,भरुणी नक्षत्र अपरान्ह ४ वजेर ५७ मिनेटसम्म,सौभाग्ययोग,किस्तुघ्न करण,आनन्दादियोग काल,सूर्य मेष राशीमा,चन्द्रमा राती ११ वजेर ५ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३४ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह ३÷२० वजेबाट ४÷५९ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ४÷५९ वजेबाट ६÷३९ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– मध्यान्ह १२÷१ वजेबाट अपरान्ह १÷४१ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–अपरान्ह ४÷५२ वजेबाट ५÷४५ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷३ वजेसम्म उद्वेग वेला,७÷३ वजेबाट ८÷४२ वजेसम्म चर वेला,८÷४२ वजेबाट १०÷२२ वजे सम्म लाभ वेला,१०÷२२ वजेबाट १२÷१ वजेसम्म अमृत वेला,१२÷१ वजेबाट १÷४० वजेसम्म काल वेला,१÷४० वजेबाट ३÷२० वजेसम्म शुभ वेला,३÷२० वजेबाट ४÷५९ वजेसम्म रोग वेला र ४÷५९ वजेबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५९ वजेसम्म शुभ वेला,७÷५९ वजेबाट ९÷२० वजेसम्म अमृत वेला,९÷२० वजेबाट १०÷४० वजेसम्म चर वेला,१०÷४० वजेबाट १२÷१ वजेसम्म रोग वेला,१२÷१ वजेबाट १÷२१ वजेसम्म काल वेला,१÷२१ वजेबाट २÷४२ वजेसम्म लाभ वेला,२÷४२ वजेबाट ४÷२ वजेसम्म उद्वेग र ४÷२ वजेबाट सूर्योदयसम्म शुभ वेला रहनेछ ।शुभाशुभ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आवेग र उत्तेजनामा अएर काम नगर्नु होला क्षति वेहार्नु पर्ला । धैर्यता पूर्वक लगनशिल भई गरेका काम सफल हुनेछन् । स्पष्ट बोल्दा आफैलाई घाटा हुनेछ । समय र धनको सदुपयोग गरेर अगाडि बढ्नु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : कामको लागि प्रतिकुल वातावरण बन्नेछ । सहयोगको कुनै अर्थ रहने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तमा अविश्वास बढ्नेछ । अनावस्यक खर्चको मात्र बढ्नेछ । जोखिम नमोल्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : समयमा कार्य सम्पादन गर्नु होला ढिला भएमा उपलब्धि हासिल हुने छैन । आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : समयले साथ दिनेछ । कार्य क्षमता बढ्नेछ । रोकिएका कामले गति लिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो दक्षता र क्षमता देखाउने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : समयमा अझै पूर्ण सुधार आउने छैन । काम गरेर सन्तुष्टि कम मिल्नेछ । जात्राको लागि यात्रा हुनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । आफ्ना काममा भन्दा अरुका काममा बढि समय खर्च हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : ऋण तन्किनेछ भने काम गर्ने वातावरण भत्किने छ । राम्रा काममा अवरोध आउनेछ । अनावस्यक काम बन्नेछन् । व्यापारमा अवनति हुनेछ । देखिएका उपलब्धिका सम्भावना क्षिण भएर जानेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : विवाद टुङ्गिनेछ । नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखा पर्ने छन् । वैदेशिक यात्राको सम्भावना देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । ढिला सुस्तिले घाटा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : सवैलाई विश्वासमा लिएर काम गर्न सकिने छैन । कार्य क्षेत्रमा विरोधीबाट अवरोध आउन सक्छ सतर्क भएर काम गर्नुहोला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । ऋण लगानी नगर्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : विचारको खडेरी पर्नेछ । हतारिएर काम गर्दा उपलब्धि हात पार्न सकिने छैन । अन्तिम चरणमा गएर काममा अवरोध आउनेछ । साझेदारले धोका दिनेछन् । व्यापार व्यवसायमा उतार चढाव आई रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : पारिवारिक खर्च बृद्धि हुनसक्छ । शारीरिक एवं मानसिक थकान बढ्नेछ । अरुको काम गरेर जश कम मिल्नेछ । व्यापारमा गिरावट आउनेछ । आफन्तबाट धोका हुनसक्छ । पढाईमा मन जाने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : ढिला नगरि काम गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । कार्य क्षमता घट्ने छैन । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिने छन् । अर्थोपार्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : काम गर्ने वातावरण आफैले मिलाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आफन्तबाट सहयोग कम मिल्नेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

प्रतिक्रिया