आज ६ हजारभन्दा धेरै कारोनामुक्त, थप एक सय ४५ जनाको ज्यान गयो

admin

काठमाडौं, २ जेठ : आइतबार देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाको पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा काठमाडौं उपत्यकामा दुई हजार ६ सय नौ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ । नेपालमा आइतबार सक्रिय संक्रमितको संख्या एक लाख एक हजार दुई सय ६३ छ । यस्तै थप एक सय ४५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया