आठ वर्षअघि ह’त्या गरी फरार भएका व्यक्ति प’क्राउ

admin

काठमाडौं, असोज २५ : आठ वर्षअघि काभ्रेमा ह’त्या गरी फरार भएका आराेपी प’क्राउ परेका छन्। इलाका प्र’हरी कार्यालय बनेपाबाट शुक्रबार साढे चार बजे खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ९ बाट २२ वर्षीय सुवास सुनारलाई प’क्राउ गरेको हो।

आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ। सुवास २०६९ साल कात्तिक आठ गते बेलुकी काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई फर्किएका थिए।

कार्यक्रम सकेर निस्किएका उनले मंगलबहादुर तामाङका १८ वर्षीय छोरा एन्जल तामाङमाथि कु’ट’पिट तथा छु’रा प्र’हार गरी ह’त्या गरेका थिए।

सुवासवि’रूद्ध एन्जलका बुबाले उजुरी दिएका थिए। उनलाई ‘प्रहरीले आठ वर्षपछि प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया