आदित्य नारायणलाई पछि पार्दे पुनित पाठकले जिते “खतरो कि खिलाडी”को उपाधि

मनिषा थापा

 पिएनपिखबर : आफ्नो खतरनाक स्टन्टबाट सबैभन्दा टीआरपी बटुल्न सफल शो ‘खतरो कि खिलाडीको फिनाली’ सम्पन्न भएको छ। यसपालीको टाईटल हात पार्न कोरियोग्राफर पुनीत पाठक सफल भएका छन्।

निकट प्रतिस्पर्धी आदित्य नारायणलाई उछीन्दै उनले नगद रु २० लाख र एक कार जितेका हुन् । यस रियालीटी शोमा अत्यन्तै डर लाग्दा स्टन्टहरु गर्नुपर्ने हुन्छ । ‘खतरो कि खिलाडी सीजन ९’को उपाधि हात पार्न निकै कठिनाई भोग्नु परेको पुनितको भनाई छ।

पुनित पाठक एक नृत्यकार तथा नायक हुन्। उनले आफ्नो करियरको शुरुवात ‘डांस इण्डिया डांस’को वास्तविक कार्यक्रमबाट गरे। यति मात्र हैन ‘डास इण्डिया डांस’को ५ औ सिजनमा उनलाई जज बन्ने अबसर पनि प्राप्त भएको थियो। फिल्म ‘एबीसीडी’ उनको डेब्यु फिल्म हो।

प्रतिक्रिया