आधिखोला लघुवित्त वित्तिय संस्था गुल्मीले गर्यौ आर्थिक सहयोग

खगेन्द्र हमाल

गुल्मी : आदिखोला लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तम्घास गुल्मीले आर्थिक सहयोग प्रदान गरेको छ । शाखा कार्यालय तम्घासमा गठित केन्द्र नं. ५४ को सदस्य जमुना खनालको श्रीमानको निधनप्रति असामयिक निधनप्रति क्रियाखर्च स्वरुप आर्थिक सहयोग प्रदान गरिएको हो ।

खनालको श्रीमान विजयराज खनालको असामयिक रुपमा निधनप्रति शोक व्यक्त गर्दै क्रियाखर्च स्वरुप रु २५ हजार रुपैँया हस्तान्तरण गरिएको छ । शाखा प्रबन्धक ज्ञानेश्वर मरासीनीले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा तम्घास शाखाका कर्मचारी, केन्द्रका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यसले अहिलेसम्म क्रियाखर्च स्वरुप रु १० हजारका दरले १० जनालाई तथा २५ हजारका दरले २ जनालाई गरि १२ जनालाई आर्थिक सहयोग गरेको छ । यस्तै रु १ हजारका दरले ३७ जनालाई सुत्केरी सुविधा उपलब्ध गराएको शाखा प्रबन्धक मरासिनीले जानकारी दिनुभयो ।

दैवि प्रकोप सुविधा अन्र्तगत रु ५ हजारका दरले १६ जनालाई, विरामी उपचार सुविधा अन्र्तगत रु ५ हजारका दरले ८ जनालाई आर्थिक सहयोग प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

यसको लगानी कर्जा ४ करोड १२ लाख भन्दा धेरै रहेको रहेको छ । भने १ करोड २० लाख भन्दा धेरै बचत रहेको छ । रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा कार्यक्रममा विस्तार गरिएको छ ।यसका कुल सदस्य संख्या ८ सय ५० जना रहेका छन् । धौलागिरी लघुवित्त र आदिखोला लघुवित्त मर्जरको अन्तिम चरणमा पुगेको समेत मरासिनीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया