आन्तरिक छलफलमा विप्लव-प्रकाण्डसहितका नेताहरु

admin

काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् ।

विप्लवले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि शुक्रबार विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् ।

विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ । राष्ट्रियसभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया