आफन्तको खोजीमा चिहान खन्दै हिँड्छन् यी महिला

रिता घिसिंग

बीबीसी : सरकारी तथ्यांक अनुसार मेक्सिकोमा २००६ देखि ३७०० मानिस बेपत्ता भइसकेका छन्। ती मध्ये केहीको विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त छैन। उनीहरुले आफ्ना परिवारलाई छोडेर गएका छन्, जो उनका बारेमा जान्न चाहन्छन्।

मेक्सिकोको उत्तरी राज्य सिनालोआमा एक जना आमा आफ्ना बेपत्ता भएका परिवारका सदस्यलाई खोज्ने अभियानमा जुटेकी छन्। जब उनले कुनै अवैध चिहान फेला पार्छिन तब उनी कोदालो लिएर चिहान खन्न पुग्छिन्।

फोटो पत्रकार एलेखान्द्रो सेगार्राले ती महिला र उनीजस्तै अन्य ३० महिलालाई आफ्नो क्यामरामा कैद गरेका छन्। सेवानिवृत शिक्षिका मिरना नेरेदा मेडिनाले यो कामको सुरुवात गरेकी हुन्। २०१४ मा उनका छोरा रोबर्टो गाउँ बाहिरको एक पेट्रोल स्टोशनबाट बेपत्ता भएका थिए। उनी पेट्रोल स्टेशन नजिकै सिडी बेच्ने काम गर्थे।

प्रत्यक्षदर्शीका अनुसार १४ जुलाइ, २०१४ मा कालो रङको ट्रक पेट्रोल स्टेशन नजिकै रोकियो, ट्रकमा बसेका व्यक्तिले रोबर्टोलाई ट्रकमा बस्न आग्रह गरे। त्यसपछि रोबर्टो कहिल्यै देखिएनन्।

मिरनाका जस्ता समस्या भोग्ने अरु पनि छन्। सिनालोहाबाट मात्रै २७०० सय मानिस बेपत्ता भएका छन्। बेपत्ता भएका अधिकांश मानिस मारिएको आशंका गरिएको छ। जो महिला उनीहरुलाई खोजीरहेका छन् उनीहरुलाई यो विषयमा बढी जानकारी छ। बेपत्ता भएका मानिस यी महिलाका आफन्त पनि हुन्।

मिरियम रेयस खुला मैदानमा चर्को घामबाट बच्नकालागि एक क्याप लगाएर बाहिर निस्किन्छिन्। उनी २०१५ देखि बेपत्ता भएका आफ्ना पूर्व पतिको खोजीमा छन्।

यी महिला कोदालो लिएर हिँड्छन्। कहिले काँही चिहान भएको ठाउँमा जान ट्रकको प्रयोग पनि गर्छन्। उनीहरुलाई स्थानीय मानिसबाट त्यस्तो चिहानको बारेमा थाहा हुन्छ। कुनै किसानले आफ्नो खेतमा मानव खप्पर भेट्टाए भने ती महिलालाई खबर गर्छन्। महिलाको समूहले यस्तो खबर सुन्ने वित्तिकै घटनास्थलमा पुग्छन्।

प्रतिक्रिया