आफन्तबाटै छोरीचेली अ’सुरक्षित हुन थालेपछि समुदाय आ’तंकित

admin

काठमाडौं, मंसिर १६ : प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको ह’त्या गरेको र बाबुबाटै छोरीको ब’लात्का’र भएको घ’टना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतं’कित भएका छन्। यस्ता घ’टना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ।

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका ह’त्यारा प्रयोग गरेर १७ वर्षिया छोरी अमृताकुमारी साहको ज्या’न लिन लगाएको प्र’हरी अ’नुसन्धानबाट खुलेको छ। प्र’हरीसमक्ष अप’राध स्विकारेका रामअयोध्या अहिले थुनामा छन्।

त्यस्तै भारत घर भई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहामा बस्दै आएका एक पुरुषले आफ्नी ६ वर्षकी छोरीलाई पटकपटक ब’लात्का’र गर्दै आएको घ’टना सार्वजनिक भएको हो। उक्त घ’टनाबारे अनुसन्धान भइरहेको छ।

मधेसी समाजमा ‘प्रेम’ को नतिजा कति क्रूर हुँदो रहेछ भन्ने साक्षी रौतहतको घटना बनेको छ। यिनै घटनाका कारण सामाजिक संस्कारमाथि धब्बा लागेको मधेसका बुद्धिजीवीहरूको विश्लेषण छ। ‘यी घ’टनाका पछाडि दहेज (दाइजो) र आधुनिकीकरणको प्रभाव छ।

आधुनिकीकरणका नाममा अभिभावकीय घेरा टुटिसकेको छ,’ सामाजिक अभियन्ता राजकुमार महतो भन्छन्, ‘अनुशासन र अभिभावकत्व नमान्ने एउटा पुस्ता र मान्नैपर्छ भन्ने अर्को पुस्ताबीचको अघोषित आन्तरिक विद्रोहको नतिजास्वरूप यस्तो घ’टना भएको हुन सक्छ।’

उनका अनुसार पहिले घरायसी इज्जतका लागि आफ्नो आवश्यकता दबाएर राख्ने छोरीचेली अहिले ‘एक्सपोज’ तर्फ उन्मुख हुँदैछन्।

‘नयाँ पुस्ताका छोरीचेली अहिले अभिभावकसँग आन्तरिक विद्रोहमा उत्रिसकेका छन्, जसको नतिजा बाबुले छोरी मार्ने हदसम्म पुगिसक्यो,’ उनी भन्छन्, ‘यस्तो क्रू’रता र अ’पराधले समाज काबुबाहिर गइरहेको अवस्थालाई दर्साउँछ। यसलाई समय रहँदै काबुमा ल्याउनैपर्छ।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादव र मदन ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया