आफुलाई भेडा भनेको भन्दै रवि लामिछानेका समर्थकले नायिका करिश्मा माथि पोखे आक्रोश

मनिषा थापा

पिएनपिखबर : नेपाली पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ। शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेका लागि हजारौं समर्थक आज सोमबार पनि सडकमा उत्रिएका छन ।

रिहाईको लागि सडकमा उत्रिएका जनताले आफुहरुलाई भेडा भनिएको भन्दै गुनासो पोखेका छन्।नायिका करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवि समर्थकहरुलाई भेडाको संज्ञा दिएको भन्दै उनीहरु आक्रोशित बनेका छन्।

उनीहरुमध्ये एकले भने, ‘काठमाडौँमा प्रोग्राम चलाईरहेका पत्रकार रवि लामीछानेको न्यायको लागि बोल्दा हामीलाई भेडा भन्ने, भेडा भन्ने करिश्मालाई हिरोइन पनि हामी भेडाले नै बनाएका हौ। ‘ प्रदर्शनकारीहरुले आज पनि ‘रवि दाई हाई हाई’ , ‘सत्यतथ्य छानविन होस्’ भन्दै नारा लगाईरहेका छन्।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू