आफु आँखा नदेख्ने भएर के भो त ? १० जना बच्चालाई भविष्य देखाउदै यी युवती [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। कालिकोटमा जन्मिएकी नन्दा सिङ हाल कपनमा बस्दै आएकी छिन् । उनी दृष्टिबिहीन महिला हुन् तर जन्मजात नै दृष्टिबिहीन भने हैनन्। अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो।

उनी तिन वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन। उनी झन्झनै सिथिल हुदै गइन्। उनको अन्तिम अवस्था भइसकेको थियो। अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे। करिव ४ बजे तिर उनलाई मरेको सोचेर सेतो कपडाले बाधेर राखिएको थियो। उनको संस्कार अनुसार बच्चालाई बिहानपख मात्र दाहसंस्कार गर्नु पर्ने भएकोले। त्यो रात त्यसै राखियो। रातको करिव १ बजे तिर उनी ब्युझिन्।

उनले पुनर्जीवन पाइन्। उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो। उनी दृष्टिबिहिन भइन्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन। घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन्। केहि समय बित्दै गए पछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो। काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो। महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन्। ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन्। हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्।

आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल १० जना बच्चालाई आश्रय दिइरहेकी छिन्। उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निशुल्क पढाउन सहयोग गरेकी छिन्। आफ्नो गाउँमा बालविवाह देखि अन्याय अत्याचार भएको ठाउँमा अवाज उठाउन समेत उनी पछि पर्दिनन्।

‘इनर भिजन नेपाल’ नेपाल नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय त छिन् तर आर्थिक रुपमा उनलाई व्यवस्थापन गर्न निकै गार्हो छ। एक त उनी आँखा देख्दिनन् त्यहिँ माथि उनको केहि काम पनि छैन त्यसैले पनि जिनतिन आर्थिक स्थिति सम्हालि रहेकी छिन्। उनलाई पनि आँखाको उपचार गरेर संसार हेर्ने रहर छ। संस्थामा आफुले लालनपालन गरेका बालबालिका हेर्न मन छ।

तपाई हाम्रो सानो सहयोगले कसैको जीवन उज्वल हुन्छ भने हाम्रो सहयोगी हात किन अघि नबढाउने। सके धेरै नसके थोरै भए पनि सबैले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सहयोग र सहकार्यका लागि:
नन्दा सिंह : ९८४८०१७००७

हामी मार्फत सहयोग गर्न चाहेमा
पिएनपि मिडिया: ९८५१०१८०६३ / शर्मिला गुरुङ्ग: ९८८०३९६४५२ / मनोज खड्का: ९८६०३०१४९०

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू