भाटे कारवाहीमा उत्रिएका उर्लाबारीका मेयर आफैं गरीबको चुल्हो बाल्दै {भिडियो सहित }

admin

काठमाडौं: यतिबेला संसारभर कोरोनाको संक्रास छाएको छ । नेपालमा पनि ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । सरकारले लकडाउन सुरु गरेको ६ दिन बितेपछि आइतबारबाट ८ दिन लकडाउन थप गरेको छ ।

नेपालमा लकडाउनको सुरुवाती दिनमा धेरै नागरिकले लकडाउनलाई सामान्य रुपमा लिए र धेरै उलंघन पनि गरे । तर उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले भने भाटे कारबाही गरेर भएपनि लकडाउन पुर्णरुपमा पालना गराउन आफै सडकमा उत्रिएका थिए । मेयर आफै भाटे कारबाहीमा उत्रिए पछि केही व्यक्तिहरुले उनको चर्चोको आलोचना समेत गरेका थिए । त्यसको भोली पल्टैदेखी उनी राहात वितरण कार्यक्रममा सामेल भए ।

लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने थुप्रै नागरिकहरुलाइ अहिले दुईछाक टार्नसमेत हम्मेहम्मे परेको अवस्था छ। नेपाल सरकार र स्थानीय सरकारले राहतका लागी अहिलेसम्म केही विशेष पहल गरेको छैन ।

नगरपालिकाको बजेटबाट जनतालाई राहत प्रदान गर्न नसके पनि विभिन्न संघसस्थाहरु र सहहृदयी व्यक्तिहरुको सहकार्यमा उर्लाबारीका मेयर खड्ग फागोले गरिबदुखी जनताको घरघरमा गई कुनै पनि व्यक्ति भोको नहोस् भन्ने हेतुले राहत वितरण गरिरहेका छन् ।

संक्रमण फैलन नदिनका लागि उनले उपभोक्ताहरुलाई सचेत गराउँदै पसल पसलमा गएर दूरी र रेखांकन समेत गरिदिएका छन् । पसलमा सामान किन्‍न जाँदा रातो घेराभित्रमा रहेर निश्चित दूरी कायम गर्दै सामान किन्‍न घेरा हालिदिएका छन् । उनै मेयर खड्ग फागोसँग गरिएको टेलिफोन कुराकानी तपाईलाई प्रस्तुत गरेका छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू