आफ्नै आमा बुबालाई कुट्ने आशाराम अहिले भन्छन ‘अब काम गरेर आमा बुबालाई पाल्छु’ [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। जीवनमा विभिन्न प्रकारका उतारचढाव आउनु स्वाभाविक हो। जहिल्यै एउटै धारमा जीवनको गति चल्छ भन्ने छैन। त्यस्तै आशारामको जीवन पनि एउटै गतिमा चलेन।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ३ का २० वर्षीय आशाराम तामाङ्ग आफ्नो आमा ठुली माया तामाङ्ग र बुबा ६५ बर्षिय मान बाहादुर तामाङ्गसँग खुसि साथ बस्दै आएका थिए। नेपालमा गएको विनाशकारी भुकम्प अघि सम्म उनी ज्यालामजदुरी गरेर आफ्नो परिवारको जीवन पालिरहेका थिए। उनको मानसिक अवस्था सन्तुलित अवस्थामा नै थियो। तर त्यस पछिको समय भने उनको लागि अनुकुल रहेन। गरिबीको चपेटामा हुर्केका उनले भूकम्पको बज्रपात परेपछि आफुलाई सम्हाल्न सकेनन्।

भुकम्प गएकै वर्ष देखि आशाराम गाउँ ओरिपरी भौतारिन थाले । एकाएक उनी जंगलमा नांगै घुम्ने गर्न थाले। झुत्रा कपडा, खिएका चप्पल, लामा दारी अनि कपालले उनको रुप उराठ लाग्दो देखिन थाल्यो मानौ कि उनलाई कुनै गहिरो चोट परेको छ। त्यसपछिको उनको दिनचर्या सामान्य रहेन।

उनी कहिले बरबराउदै हिड्थे त कहिले खोलाको डिलमा बसेर रोइ रहेको देखिन्थे। सारा गाउंको नजरमाउनी एउटा पागल मात्र थिए। साना बच्चाहरु उसलाइ देख्दा डराएर लुक्ने गर्थे अनि केही ठुला केटाकेटी उस्लाइ बहुला भन्दै जिस्काउथे। उनी भने कुनै कुरामा ध्यान दिदैनथे बस आफ्नै शुरमा कता कता एकहोरो बरबराउदै हिडिरहन्थे। कसैले दया गरेर केही खान दिए खान्थे नत्र दिनभरी भोकै हुन्थे उनी।

रात परे पछि भने उनलाई घरको याद आउथ्यो। घर गएसी आफ्नै आमाबुबालाई मरनासन्य हुने गरि पिट्थे उनी। घाइते नै हुने गरि बिना कारण आमाबुबालाई पिट्दा उनलाई केहि आत्मग्लानी हुदैन थियो किनभने उनी स्वयमलाई आफुले गलत गरेको नै भान हुँदैनथ्यो। उनको यस्तो अवस्था त छदै नै छ त्यसमाथि यो परिवारमा अर्को बज्रपात पनि परेको छ। छोरा सँगसँगै आमा पनि मनारोगी छिन्। बिगत २५ वर्ष देखि आशारामको आमाले मानसिक सन्तुलन ठिक पार्ने औषधि सेवन गरिरहेकी छिन्।

आशारमको बुबाले मेलापात गरेर केहि रकमको जोहो गर्छन्। त्यहिँ रकमले उनीहरुको घरमा चुलो बल्छ। कहिले कहिँ आशारम्ले पिटर ठंग्थिलो बनाइदिन्छन् उनको बुबालाई। दैनिक काममा जान नसक्ने अवस्था सिर्जना हुन्छ आशारमको कुटाइले।

सबैका नजरको आशाराम पागल भएपनि हाम्रो नजरमा उनी पागल नभएर एउटा भाग्यले ठगेको दुखी मान्छे मात्र हुन्। अरु केही रोग लागेमा डाक्टरकोमा जाने तर मानसिक रोग लागेको छ वा छैन भनेर जँचाउन गएको पाइँदैन । जानेबुझेकाहरु पनि डराउँछन् । मानसिक रोगी ठीक हुन परिवारको साथ र समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

हुन त आशारामको उपचारको लागि उनको बुबाले धेरै प्रयास गरेका छन्। ठीक हुन्छ होला भन्दाभन्दै धेरै दिन बित्यो। परिवार पनि आजित भए। धामीझाँक्रीकोमा लाने, देउता भाक्ने कामहरु पनि भए । अन्त्यमा केही सीप नलागेपछि उनलाई मानसिक अस्पताल लगियो । भुकमाले भत्किएको घर बनाउन आएको राहतको पैसाले उनले आफ्नो छोराको उपचारमा सक्काए।

भूकम्पको राहत रकम पनि छोरालाई उपचार गरेर सकेपछि जिर्ण घरमा बसोबास गर्दै आएका तामाङ्ग परिवारलाई घुम्ती टोलिले १ कोठाको घर बनाई दिएका छन्। तर नया घरमा झ्याल ढोका हाल्न नसकेपछि त्यहि जिर्ण घरमै बसोबास गरिरहेका छन्।

दिन प्रति दिन आशारामको व्यवहार एकदम परिवर्तन हुँदै गएपछि गाउँकै समाजसेवी कृष्ण तामाङ्गलाई उनका पिताले हारगुहार गरे। अहिले उनको परिवारको लागि कृष्ण सहयोग संकलनमा लेजुटेका छन्। आशारमको थप उपचारको लागि पिएनपिमिडियाको पहलमा काठमाडौँ ल्याइएको छ। हाल उनी कपनस्थित एक सुधार केन्द्रमा छन्। भर्खर २० टेकेका उनको जीवनमा युवा जोश जागर छ। ठिक भएको खण्डमा उनले आफ्नो परिवारलाई मात्र नभएर पुरा राष्ट्रलाई नै योगदान नदेलान् भन्न सकिन्न।

आशारामको भिडियो सार्वजनिक भएपछि उनलाई सहयोग रकम आउँन थालेको छ। सहयोग गर्नेको नाम :

दोलखा स्थायी घर भई हाल अमेरिका बस्नुहुने पासांग नोर्बु तामांगमार्फत रु. २१,९००
नँया नेपाल निर्माण सेवा, हैबुंग मेलम्ची नगरपालिका ३ का प्रोप्राइटरमार्फत विश्व गुरुङ रु. ५,५००
कालिका शरण आधार भुर विद्यालयकि कर्मचारी राम कुमार गुरुङमार्फत रु. ५०००

भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानबको कल्याण जती धर्म कही भेटिन्न। तसर्थ आशारमको उपचारको लागि आर्थिक सहयोगको लागि अनुरोध गर्दछौ।

तपाईहरुको सानो सहयोगले २० बर्षिय युवाले नया जीवन पाउनुको साथै यी आमा बुबा मुहारमा खुसि ल्याउन सक्छ। जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि समाजसेवी कृष्ण तामाङ: ९८५१११६५३१, शर्मिला गुरुङ्ग: ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपि खबरको पेजमा पनि सम्पर्क गर्नसक्नुहुनेछ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू