आफ्नै कोठामा खवास मृत फेला

admin

मोरङ: मोरङको बेलबारी नगरपालिका–८ का सुनिल खवास आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । २५ बर्षीय खवास केहि समय अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । फेरि पनि विदेश जाने तयारीमा रहेको उनको परिवारले जनाएको छ ।

अविवाहित खवासको परिवारमा दाजु बुबाआमा र भाउजु रहेका छन् । कोठामा झुन्डिएको अवस्थामा फेला परेका खवासले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी कपडा, जुत्ता सहित लगाएको अवस्थामा मृत भेटिएका हुन । उनले अत्यधिक मादक पदार्थ सेवन गरेर आत्महत्या गरेको हुन सक्ने छिमेकीहरुले बताए ।

प्रतिक्रिया